
पिताको सम्झनामा शब्दसुमन
बाबाका करको माना-दाना सामर्थ्यमा रमि।
मायाका मन्त्रणाजप्दै,शिक्षाको गजुरी चुमी।।
रशिलो मृदुभान्साको जे मिल्यो,खानपानमा।
खुसिका दिन झुल्कन्थे,दैनन्दिनी मनोरमा।।
अभाव-भाव झल्कन्थ्यो,ब्यवस्थापन खर्चको ।
साहुका ऋणको भारी झेली अभाव अर्थको।।
सच्चा त्यो स्रमको मूल्य,मुल्यवान झनै थियो।
हाम्रालागी समुल्लास,उल्लास अनमोलथ्यो।।
बर्षाका झरिमा रुझ्दै,खेतबारी उधीनदै।
पसिनाको डुबुल्किमा,भिजी निथ्रुक्क तर्कँदै।।
बैसाखी घाममा पिल्सी कोदालो र हलो भिरी।
किसानी स्रमको ज्याला थाप्दै ऋणहरु तिरी।।
जमाइ अन्नका दाना, लालाबालाहरुकन।
पाली हुर्काइ दैनिक,कत्रो कोमल त्यो मन।।
हामिलाइ सदिक्षाले घोकाइ पाठ दैनिक।
पाई अमुल्य शिक्षाको ज्योतिले छौँ र निर्भिक।।
शिशिरियाममा काम्दै,जाडोलेकन थुर्थुर।
कपास-उनिकाबस्र,अभाब हुदि जर्जर।।
शिशिरी हिमबर्षाले हामिलाइ नियाल्दथ्यो।
निर्धक्क बुकुरामाथी,शीततूषार झार्दथ्यो।।
नहुँदा कपडा न्याना,उनिबस्र अभावमा।
लाग्नुभयो हरे बाबा!हाम्रालागी स्याहारमा।।
खोले-फाँडो-ढिँडो-रोटि,जेमिल्यो त्यो जुटाँउदा।
आफू दुर्दिनमा पिल्सी,परिवार खुसाउँदा।।
यो सेवामुल्यको भार म आफू तिर्न सक्दिन।
मर्यादा भावना बिर्सी,कृतघ्न हुन सक्दिन ।।
पुर्ख्यौलिथलको नासो त्यो भूमी छिन्नसक्दिन ।
घडेरिथलको झुप्रो छोडी उम्किन सक्दिन।।
सम्झना चीरनिन्द्रामा निभेको माधुरी दियो।
बझ्रपातसरी दुख्छ,छैनबिस्मृती सम्झियो।।
आभारी प्यारको गाथा,कोर्दै टुङ्ग्याइँ लेखनी।
चीर बिस्रामकोफूल चढाएँ भाव बेदना ।।
इन्द्रावती – ५, सिन्धुपाल्चोक