Madhyabindu News App
खेलकुद

एक खेल अगाडि नै केन्यालाई १६ रनले हराउँदै नेपालले जित्यो एकदिवसीय श्रृंखला

Madhyabindu Online


A A- A+

काठमाडौं – एक खेल खेल्न बाँकी छँदै नेपालले केन्या विरुद्धको एक दिवसीय क्रिकेट श्रृंखला जितेको छ । नेपालले दोस्रो खेलमा केन्यालाई पराजित गरेसँगै एक खेल खेल्न बाँकी छँदै श्रृंखला २–० ले जितेको हो ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शनिबार नेपालले केन्यालाई १७ रनले हराएको हो । पहिलो एक दिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो ।

मध्यम लक्ष्य पछ्याएको केन्या एक समय खेलमाथि निकै हाबी देखिएको थियो । तर, दीपेन्द्रसिंह ऐरीले एकपछि अर्को गर्दै चार विकेट लिएपछि केन्या श्रृंखला गुमाउन बाध्य भयो। अन्तिम विकेट पनि दीपेन्द्रकै नाममा रह्यो।

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए। उनले पहिलो ओभरको पहिलो बलमै विकेट लिएर उत्कृष्ट सुरुवात दिलाएका थिए।

केन्याका लागि नेलसन अधिअम्बोले २८, इरफान करिमले ८ रन बनाएका थिए। २ सय ३१ रनको मध्यम लक्ष्य पछ्याएको केन्याको सुरुवात राम्रो हुन सकेन।

छुटाउनु भयो कि ?