खेलकुद

एकदिवसीय श्रृङ्खलामा केन्यासँग नेपालको ‘क्लिन स्विप’

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपालले केन्यासँगको एकदिवसीय श्रृङ्खला ‘क्लिन स्विप’ गरेको छ।

केन्या भ्रमणमा रहेको नेपाली टोलीले सोमबार तेस्रो एकदिवसीय खेल पनि ६ विकेटले जित्दै श्रृङ्खला ‘क्लिन स्विप’ गरेको हो।

केन्याले दिएको २५६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो। नेपालका लागि प्रारम्भिक ब्याटर अर्जुन साउँद र आसिफ शेखले अर्धशतक प्रहार गरे।

त्यस्तै, नेपालका लागि बसिर अहमदले ४९ बलमा ५२ रन प्रहार गरे। यसैगरी रोहित पौडेलले ४६ र ज्ञानेन्द्र मल्लले ३३ रन बनाए।

केन्याका लागि व्रज पटेलले दुई, शेम नोचे र यस टलाटीले एक-एक विकेट लिए।

नेपालका लागि सोमपाल कामी र आदिल अन्सारीले दुई-दुई तथा बसिर अहमद र शहाब आलमले एक-एक विकेट लिएका थिए।

यसअघि नेपालले टी-२० श्रृङ्खला पनि जितेको थियो। पाँच खेलको श्रृङ्खला ३-२ ले जितेको थियो ।

छुटाउनु भयो कि ?