Madhyabindu News App
अन्तर्राष्ट्रिय

बेलायती महारानी एलिजावेथको निधन

Madhyabindu Online


A A- A+

काठमाडौं – बेलायती महारानी एलिजावेथ द्वितीयको निधन भएको छ। बकिङ्घम प्यालेसले ९६ वर्षीया रानीको निधनको घोषणा गरेको हो।

‘आज दिउँसो बालमोरलमा महारानीको शान्तिपूर्वक निधन भयो,’ प्यालेसले भनेको छ। बेलायतको इतिहासमा सबैभन्दा लामो शासन चलाएकी उनको स्कटल्यान्डको बालमोरल दरबारमा निधन भएको हो।

रानीको निधनसँगै युवराज चार्ल्स बेलायत तथा १४ कमनवेल्थ राज्यका राजा बनेका छन्।

रानीलाई राजकीय सम्मानसाथ अन्तिम श्रद्धाञ्जली दिइने बेलायती सञ्चारमाध्यमहरुको भनाइ छ। त्यस्तै राष्ट्रिय शोकको अवधि पनि सुरु भएको छ। करिब १० दिनमा उनको अन्तिम संस्कार गरिनेछ।

उनको शवलाई बकिङ्घम प्यालेसमा सारिने बताइएको छ। उनको सम्मानमा फुटबल, क्रिकेटजस्ता खेल पनि रोकिन सक्ने बताइएको छ।

एलिजावेथ अलेक्जेन्ड्रा मेरी २१ अप्रिल १९२६ मा लन्डनमा राजकुमारीका रुपमा जन्मेकी थिइन्।

त्यसबेला कसैले पनि उनी रानी बन्ने आशा गरेका थिएनन्। किनभने उतिबेला उनी रोलक्रममा आफ्नो बुबा र काकापछि तेस्रो स्थानमा थिइन्।

१९४७ मा उनले युद्धको समयमा उनका प्रेमी राजकुमार फिलिपसँग विवाह गरिन्। उनको २०२१ मा निधन भयो।

१९५२ मा उनका बुबा राजा जर्ज पञ्चमको मृत्युपछि उनी २५ वर्षको उमेरमा रानी बनिन्। राजगद्दीमा बसेको १६ महिनापछि उनको राज्याभिषेक समारोह आयोजना गरिएको थियो।

रानी एलिजावेथले तत्कालिन राजा महेन्द्रले देशमा पञ्चायती व्यवस्था लागू गरेलगत्तै वि.सं २०१७ सालमा नेपालको राजकीय भ्रमण गरेकी थिइन्।

उनका चार छोराछोरी, आठ नातिनातिना र १२ पनातिपनातिनी छन्।

छुटाउनु भयो कि ?