
श्रीलंका विरुद्ध ६ गोल गर्दै नेपाल सेमिफाइनलमा
काठमाडौं – नेपालले साफ महिला च्याम्पियनसिप फूटबलको सेमिफाईनलमा स्थान पक्का गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको खेलमा नेपालले श्रीलंकालाई ६–० गोल अन्तरले पराजित गर्दै समुह बीको विजेता बनेको हो ।
नेपालका लागि खेलको आठौं मिनेटमा रश्मीकुमारी घिसिङले, दशौं मिनेटमा सरु लिम्बुले, १७औं मिनेटनमा अमृता जैशी र पहिलो हाफको इन्जुरी समयमा दीपा शाहीले गोल गरिन्।
त्यस्तै, दोस्रो हाफमा नेपालले दुई गोल थप्यो। नेपालका लागि ७७औं मिनेटमा र इन्जुरी समयमा अमिषा कार्कीलले दुई गोल गरेकी हुन्। दुवै खेलमा हार बेहोरेको श्रीलंका समूह भने चरणबाटै बाहिरिएको छ।
समूह चरणमा पहिलो खेलमा नेपालले भुटानलाई ४-० ले हराएको थियो। भुटान भने समूहको उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ।
मंगलबार हुने समूह ‘ए’को भारत र बाङ्लादेशको खेलको विजेताले भुटान र उपविजेताले नेपालसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ।