Madhyabindu News App
स्थानीय तह

पूर्वएसपी श्रेष्ठ काठमाडौं महानगरको ट्राफिक विज्ञमा नियुक्त

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपाल प्रहरीका पूर्वप्रहरी उपरीक्षक (एसपी) जगतमान श्रेष्ठ काठमाडौं महानगरपालिकाको ट्राफिक विज्ञ सल्लाहकारमा नियुक्त भएका छन् ।

मेयर बालेन्द्र शाहले मंगलबार पूर्वएसपी श्रेष्ठलाई महानगरको नगर कार्यापालिकाको ट्राफिक विज्ञ सल्लाहकारको रुपमा नियुक्त गरेको विभागीय प्रमुख महेशकुमार काफ्लेले जानकारी दिए ।

एसपी श्रेष्ठसँग नेपाल प्रहरीमा ३० वर्ष र ट्राफिक प्रहरीमा २० वर्ष काम गरेको अनुभव छ ।

आक्रामक ढंगले महानगरको विकासमा लागेका मेयर बालेन्द्र शाहले आफ्नो अभियान सफल बनाउनकालागी नगर प्रहरी थप गर्ने प्रकृया समेत अघि बढाइसकेका छन् ।

छुटाउनु भयो कि ?