Madhyabindu News App
स्थानीय तह

जय नेपाल हलको कम्पाउन्ड १५ फिट खन्दा भेटियो टुकुचा खोला

Madhyabindu Online


A A- A+

काठमाडौं – काठमाडौँ महानगरपालिकाले हात्तीसारस्थित जय नेपाल हलको कम्पाउण्डको जग खोतल्दा टुकुचा खोला फेला पारेको छ।

बिहिबार डोजरले खोतल्दा जय नेपाल हलमा टुकुचा खोला भेटिएको महानगरका सहप्रवक्ता महेश काफ्लेले जानकारी दिए।

महानगरपालिकाले नक्साअनुसार चिह्न लगाएर डोजर लगाएर जय नेपाल हलको कम्पाउन्डमा १५ फिट गहिराइ खन्दा टुकुचा खोला भेटिएको हो।

त्यस क्षेत्रमा टुकुचा खोला गायब भएपछि महानगरले टुकुचा खोला पुरानै अवस्थामा फर्काउने निर्णय काठमाडौँ महानगरपालिकाको कार्यपालिकाले नै गरेको छ। सोही निर्णयअनुसार आज जय नेपाल हलको कम्पाउन्ड खनिएको थियो।

काठमाडौँ महानगरले अनधिकृत रुपमा कब्जा गरिएका ठाउँमा निरन्तर डोजर लगाइरहेको छ।

छुटाउनु भयो कि ?