कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन, केन्द्रलाई हस्तक्षेप नगर्न ध्यानाकर्षण

ग्लोबल आइएमईका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा क्यासब्याक
काठमाडौं – ग्लोबल आइएमई बैंकका एससीटी डेभिड कार्ड प्रयोगकर्ताहरूले यो दसैंमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन्।
बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा यसपालीको दसैंका लागि एससीटी डेबिट कार्ड भएका ग्राहकलक्षित ‘एससीटी तथा युपीआइ कार्डको दमदार दसैं धमाका थ्री-डि अफर’अन्तर्गत ग्राहकहरूले क्यासब्याक प्राप्त गर्नेछन्।
यो योजना हालसम्मकै सबैभन्दा ठूलो क्यासब्याक अफर रहेको र कुनै पनि प्वाइन्ट अफ सेल टर्मिनलहरूमा भुक्तानी गरी कारोबार गर्ने एससीटी डेबिट कार्ड होल्डर ग्राहकहरूले ३३.३३ प्रतिशत अर्थात् १ हजार रुपैयाँ (अधिकतम)सम्म क्यासब्याक पाउनसक्ने बैंकले जानकारी दिएको छ।
यस योजनापश्चात एससीटी कार्ड होल्डर ग्राहकहरूलाई एससीटी कार्डमार्फत गरिने ग्राहकहरूको विश्वास बढाउन सकिने बैंकले जनाएको छ।
असोज १ गतेदेखि दसैंभर चल्ने यो योजनामा कम्तिमा ३ वटा पस कारोबार गर्ने कार्ड होल्डरलाई ५०० रुपैयाँ तथा कम्तिमा ६ वटा पस कारोबार गर्ने कार्ड प्रयोगकर्तालाई १ हजार रुपैयाँ क्यासब्याक प्रदान गरिने छ।
क्यासब्याक प्राप्त गर्न हरेक पटकको कारोबार भुक्तानी रकम कम्तीमा ५०० रुपैयाँको हुनुपर्नेछ जसमा दिनको एउटा कारोबारलाई मात्र गणना गरिने छ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरू ल्याएर ग्राहकहरूलाई लावान्भित गर्दै आएको छ।
मुलुकका ७७ वटै जिल्लामा २९० शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २७३ एटिएम, २७५ शाखारहित बैंकिङ सेवा प्रदान गरिरहेको छ।