Madhyabindu News App
स्वास्थ्य

नेपालमा डेंगु संक्रमितको संख्या १२ हजार नाघ्यो

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपालमा डेंगु संक्रमितको संख्या १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारको तथ्यांकअनुसार साउनदेखि २९ भदौसम्म १२ हजार दुई सय १७ जना डेंगु संक्रमित भएका छन् ।

यस्तै, डेंगु संक्रमणका कारण ११ जनाले ज्यान गुमाइसकेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा पहिलो पटक २०६१ सालमा डेंगुका बिरामी फेला परेका थिए । तत्पश्चात् नेपालमा डेंगु बर्षेनी देखिएको छ । हाल देशको सात प्रदेश अन्तर्गतका ७५ जिल्लामा डेंगु फैलिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु संक्रमण नियन्त्रण तथा रोकथाम गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँग समन्वयात्मक प्रयास बारेमा निरन्तर छलफल गरिरहेको जनाएको छ ।

त्यस्तै इपिडीमियोलीजी तथा रोग नियन्त्रण महाशाखाले एक सय ३९ स्थानीय तह, ६० जिल्ला र सात वटै प्रदेशमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सञ्चालनका लागि बजेट विनियोजन समेत गरिसकेको मन्त्रालयले जनाएको छ।

छुटाउनु भयो कि ?