Madhyabindu News App
स्वास्थ्य

कांग्रेस महामन्त्री गगन थापालाई डेंगु संक्रमण

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण भएको छ। थापालाई उच्च ज्वरो आएको छ।

गगन थापाको सचिवालयका अनुसार अहिले थापा घरमै आराम गरिरहेका छन्। ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि थापाले ज्ञानेश्वरस्थित शहरी क्लिनिकमा स्वास्थ्य परीक्षण गराएका थिए।

बिहिबारबाट आएको ज्वरो शुक्रबार केहि मात्रामा कमि भएतापनी थापा तत्काल नियमित काममा फर्कन सक्ने अवस्थामा नरहेको उनको सचिवालयले जनाएको छ ।

टिकट सिफारिस तथा समानुपातिक उम्मेदवारहरुको बन्दसुची बुझाउने यो समयमा थापाको निवासमा दिनहुँ सयौं काँग्रेस नेता कार्यकर्ताको भीड लाग्ने गरेको थियो ।

छुटाउनु भयो कि ?