Madhyabindu News App
स्थानीय तह

शिक्षकको उद्धारका लागी सेनाको हेलिकप्टर सहित घटनास्थल पुगे अध्यक्ष शेर्पा

Madhyabindu Online


A A- A+

काठमाडौं – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ स्थित छ्यादी खोलामा बेपत्ता भएका शिक्षक जीवितै फेला परेका छन्।

दोलखा कालीञ्चोक-३ का केशव सिवाकोटी आइतबार खोलामा बेपत्ता भएका थिए। अहिले उनको उद्धारका लागि हेलिकप्टर बोलाइएको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।

‘भीरबाट आवाज आएको छ, सिवाकोटी ढुंगामा बसेको जस्तो लाग्छ,’ उनले भने, ‘उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर बोलाइएको छ।’

सर्कथली आधारभुत विद्यालयमा कार्यरत शिक्षक शिवाकोटी रुखमा अड्किएको खबर पाएपछी हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा सेनाको हेलिकप्टर लिएर उद्धारकालागी घटनास्थलमा पुगिसकेका छन् ।

“हामी सेनाको हेलिकप्टर सहित घटनास्थलमा पुगिसकेका छौं । अब यथा शिघ्र उहाँको उद्धार गर्नेछौं,” अध्यक्ष शेर्पाले भने ।

 

छुटाउनु भयो कि ?