स्थानीय तह

टुकुचा उत्खनन्‌को निरन्तरता, सात ठूला भवन भत्काइँदै

Madhyabindu Online


A A- A+

काठमाडौं – काठमाडौं महानगरपालिकाको डोजर अभियानले निरन्तरता पाएसँगै चर्चा पनि पाउन थालेको छ ।

महानगरले बिहीबार जय नेपाल हलको आँगनमा डोजर चलाएर जमिनको सतहभन्दा १५ फिटमुनि ईटाको गुम्बजभित्र बगिरहेको इच्छुमति टुकुचा भेटेपछि टुकुचा कब्जा गर्नेहरूले धमाधम घर खाली गर्न थालेका छन्।

काठमाडौं महानगरपालिकाले पहिलो चरणमा जय नेपाल हलदेखि हात्तीसार हुँदै काठमाडौं प्लाजासम्मको संरचना हटाउन थालेको छ। त्यस क्षेत्रमा ७ वटा ठूला संरचना रहेका छन्।

तीमध्ये जय नेपाल हाल, त्यससंगै रहेको दुईवटा भवन, काठमाडौं प्लाजा, सिटी एक्सप्रेस रहेको भवन र अर्को एउटा नौतले भवन भत्किने पक्का भएको छ ।

छुटाउनु भयो कि ?