Madhyabindu News App
समाज

काठमाडौंको गोठाटारमा गोली चल्यो

Madhyabindu Online


A A- A+

काठमाडौं – काठमाडौंको गोठाटारमा गोली चलेको छ। गोली लागेर एक जना घाइते भएको काठमाडौं प्रहरीले जानकारी दिएको छ।

गोली लागेर घाइते बनेका लाल मोहम्मदलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। गोठाटार घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका व्यक्ति गार्मेन्ट व्यवसायी भएको पुष्टि भएको छ । सर्लाहीको हरिवन घर भएका उनले गोठाटारमै एभेन्जर इन्टरप्राइजेज गार्मेन्ट सञ्चालन गर्दै आएको खुलेको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि ?