Madhyabindu News App
खेलकुद

बंगलादेशसँगको हारपछि माफी माग्दै प्रशिक्षक कुमार थापाले दिए राजीनामा

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक कुमार थापाले समर्थकसँग माफी माग्दै राजीनामा दिएका छन्। साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा बंगलादेशसँग पराजित भएसँगै थापाले पदबाट राजीनामा दिएका हुन्।

राजीनामा घोषणा गर्दै थापाले टोलीको प्रर्दशनबाट खुसी भएको बताउँदै भने ‘खेलाडीले सक्न प्रर्दशन गरेकै हो। ‘भारतभन्दा बंगलादेश बलियो देखिएको छ। यो कुरालाई स्वीकार गर्नुपर्छ। पाँचौँ पटक फाइनल पुग्दा पनि उपविजेतामा नै चित्त बुझाउनु पर्यो।’

उनले यो लेभलभन्दा माथि जान अझै मिहेनत गर्नुपर्ने बताए। ‘आजदेखि यो टिम छाडे। हामीले भारतलाई हरायौ त्यसैले यो टिम राम्रो छ। यो लेभलभन्दा माथि जानका लागि धेरै मेहनत गर्न जरुरी छ।’ थापाले भने।

खेलको सुरुदेखि नै लिड गर्न नसक्दा खेलाडीको मनोबल कमजोर भएको उनले बताए।

छुटाउनु भयो कि ?