राजनीति

बाबुराम नेतृत्वको पार्टिका ५ जना नेता माओवादीबाट समानुपातिक उम्मेदवार

Madhyabindu Online फाइल फोटो


A A- A+

काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको सिफारिसबाट नेपाल समाजवादी पार्टी(नेसपा)बाट ५ जनाको नाम समानुपातिकको बन्दसूचीमा समावेश गरेको छ ।

भट्टराईको सिफारिसमा नेसपा गंगानारायण श्रेष्ठसहित पाँच जनाको नाम सिफारिस भएको हो ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार हँसिया हथौडा चुनाव चिह्न लिएर लड्ने भएकाले भट्टराईको सिफारिसका ५ जनाको नाम समानुपतिक सूचीमा राखिएको हो ।

आगामी निर्वाचनमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने घोषणा यसअघिनै गरिसकेका छन् ।

छुटाउनु भयो कि ?