Madhyabindu News App
राजनीति

कांग्रेसका ‘शीर्ष नेता’ नै समानुपातिकमा

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत सोमबार समानुपातिक उम्मेदवारको बन्द सूची बुझाएको छ।

यसपटक चुनावी गठबन्धनका कारण आफ्नो निर्वाचन क्षेत्र अर्काे पार्टीलाई छोड्नुपर्ने भएपछि कांग्रेसका प्रभावशाली नेताहरू समानुपातिकतर्फ उम्मेदवार बनेका छन्।

कांग्रेसको समानुपातिक सूचीमा पूर्वउपसभापति विमलेन्द्र निधि, गोपालमान श्रेष्ठसमेत रहेको कांग्रेसका एक पदाधीकारीले बताए। उनका अनुसार कांग्रेसले डा. आरजु राणा देउवालाई पनि प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार बनाउने भएको छ।

त्यस्तै, कांग्रेस सहमहामन्त्रीद्वय जीवन परियार र फरमुल्लाह मन्सुरसँगै केन्द्रीय सदस्य डा. आरजू राणा देउवा, अम्बिका बस्नेत, प्रवक्ता डा. प्रकाशशरण महत, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी र आनन्द ढुंगानाको नाम पनि समानुपातिक सूचीमा परेको छ।

कांग्रेसबाट समानुपातिकतर्फ सिफारिस भएका अन्य नेताहरूको नाम भने सार्वजनिक गरिएको छैन।

छुटाउनु भयो कि ?