Madhyabindu News App
समाज

काठमाडौंको कपनमा आगलागी

Madhyabindu Online


A A- A+

काठमाडौं – काठमाडौंको कपनस्थित एक घरमा आगलागी भएको छ। कपन राम मन्दिर नजिक रहेको घरमा आगो लागेको प्रहरीले जनाएको छ ।

बुधबार बेलुकी पौने ७ बजे कपनको एक घरमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरमा आगलागी भएको प्रहरीले जनाएको छ

आगो निभाउनका लागि काठमाडौं, ललितपुर, भक्तपुर र एयरपोर्टको दमकल बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

बुधबार साँझ कपनस्थित राममन्दिर नजिकै दुई तले घरमा भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। आगो नियन्त्रणका लागि सेना प्रहरी र स्थानीय जुटिरहेको एसपी मैनालीले बताए।

छुटाउनु भयो कि ?