राजनीति

प्रहरीका पूर्वआईजीपी खनाल एमाले प्रवेश गर्ने

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्ने भएका छन्।

बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई एमालेमा स्वागत गर्ने कार्यक्र रहेको एमालेले जनाएको छ।

उनलाई विगत देखिनै नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघमा आवद्ध भए पनि अहिले भने एमाले प्रवेश गर्न लागेका हुन्।

पाँच दलीय गठबन्धनको अतिसार देखेर आफूलाई राजनीतिमा सक्रिय राख्न मन लागेकोले आफु एमाले प्रवेश गर्न लागेको खनालको भनाई रहेको छ ।

मंसिर ४ को निर्वाचनमा एमालेको लहर आउने उनको दाबी छ। एमालेको लहर ल्याउन आफूले पनि भूमिका खेल्ने उनको भनाइ छ। अन्य दलमा युवा आकर्षण गर्ने कुनै कार्यक्रम नभएको उनको आरोप छ।

छुटाउनु भयो कि ?