स्थानीय तह

टुकुचालाई खोला भन्न नसक्ने भए नेपाललाई कसरी देश भनी प्रमाणित गर्नुहुन्छ ? – बालेन

Madhyabindu Online


A A- A+

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले अदालतको आदेशप्रति कडा टिप्पणी गरेका छन् ।

केही दिनअघि उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनाइएका संरचना नभत्काउन महानगरविरुद्ध ‘स्टे अर्डर’ दिएको विषयलाई लिएर बालेनले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन् ।

‘फेरि पनि नदिमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ’, उनले फेसबुकमा लेखेका छन्, ‘अदालतले टुकुचा (इच्छुमती ) नदिलाई खोला भन्न सक्दैन भने नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ ?’

यसअघि नर्भिक अस्पतालको संरचना नभत्काउन भन्दै सर्वोच्चले आदेश जारी गरेपछि ब्याक भएका बालेनले त्यसको पूर्ण फैसलाको प्रतिक्षामा छन् ।

 

छुटाउनु भयो कि ?