Madhyabindu News App
मुख्य खबर​

प्रधानमन्त्री देउवा कानुनविद्हरूसँग परामर्श लिँदै

Madhyabindu Online फाइल फोटो


A A- A+

काठमाडौं – राष्ट्रपतिको पछिल्लो कदमलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनविद्हरूसँग छलफल थालेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघिबाट छलफल सुरु भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि आगामी कदमबारे प्रधानमन्त्री देउवाले कानुनविद् र संविधानका जानकारहरुसँग परामर्श थालेका हुन् ।

प्रेस संयोजक परियारका अनुसार प्रधानमन्त्री देउवाले महान्यायाधिवक्ता, पूर्व महान्यायाधिवक्ता, बार अध्यक्ष तथा संविधानविद्हरू गरेर २० जना भन्दा बढी जानकार व्यक्तिहरुसँग समसामयिक बिषयमा छलफल गर्न लागेका हुन् ।

छुटाउनु भयो कि ?