कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन, केन्द्रलाई हस्तक्षेप नगर्न ध्यानाकर्षण

उज्यालो संपद सहकारीको साधारण सभा असोज ८ गते हुने
काठमाडौं – उज्यालो संपद बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाको १५ औँ वार्षिक साधारण सभा जोरपाटीको पिस बैँकेटमा यहि असोज ८ गते शनिवार गर्ने भएको छ ।
तीन छुट्टाछुट्टै सहकारी संस्थाहरू एकिकृत गरेर बनेको उज्यालो संपद सहकारीले काठमाडौंको चाबहिलमा मुख्य कार्यालय तथा नारायणटार र ब्रम्हखेलमा ग्राहक सेवा कार्यालय सञ्चालन गरी सेवाग्राहीलाई सेवा दिँदै आइरहेको उज्यालो संपदका अध्यक्ष रमेश तिमल्सिनाले जानकारी दिए।
अध्यक्ष तिमल्सिनाका अनुसार एक हजार ८७ जना महिला र एक हजार छ सय ३६ जना पुरुष सदस्य गरी कुल २५ सय ६० सदस्य सहकरीमा आवद्ध छन् ।
सहकारीले वार्षिक साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने,लेखा परीक्षण पारित गर्ने, कोषाध्यक्षद्वारा आर्थिक प्रतिवेदन तथा बजेट प्रस्तुत गरी पारित गर्ने,लेखा समितिद्वारा सुपरिवेक्षण प्रस्तुत गरी पारित गर्ने लेखापरीक्षक तोक्ने र लेखापरीक्षकको पारिश्रमिक तोक्ने,संस्थालाई आवश्यक विभिन्न नीतिहरू पारित गर्ने,सञ्चालक समितिको रित्त पदमा पदपूर्ति गर्ने आदि विषय प्रस्तुत हुने अध्यक्ष तिमल्सिनाको भनाई छ ।