Madhyabindu News App
समाज

यात्रु बस दुर्घटनाहुँदा १२ को मृत्यु, ३८ घाइते

Madhyabindu Online


A A- A+

काठमाडौं – मकवानपुरको भीमफेदीमा ओरालोमा ब्रेक नलागेर बस खस्दा मकवानपुर र रुकुम पूर्वमा गरी १२ जनाको ज्यान गएको छ भने ३८ जना घाइते भएका छन् ।

मकवानपुरको भीमफेदीमा साँघुरो सडकको ओरालो घुम्तीमा ब्रेक नलागेर मिनीबस ५० मिटर तल खस्दा ७ जनाको मृत्यु भएको हो ।

३३ जना बोकेर काठमाडौंबाट हेटौंडातर्फ गइरहेको गरेको बा३ख ७८५८ नम्बरको मिनीबस मकवानपुरको भीमफेदी–६ जुरिखेतको एघार घुम्ती ओरालोबाट खसेको हो । बिहीबार अबेरसम्म मृत्यु हुनेहरूको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये २३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी मकवानपुरका अनुसार गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि भरतपुर रेफर गरिएको छ । ६ जनाको घटनास्थलमै र एक जनाको भीमफेदीमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी, काठमाडौंबाट रुकुम पूर्वको सदरमुकाम रुकुमकोट आउँदै गरेको बस रुकुम पूर्वमा बिहीबार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ग१ख ९१०९ नम्बरको बस भूमे–३ को क्याङ्सीबगरमा दुर्घटना भएको हो । प्रहरीका अनुसार बसमा सवार १७ जना मध्ये ५ जनाको मृत्यु भएको छ । गम्भीर घाइते ४ जनालाई उपचारार्थ सेनाको हेलिकोप्टरमा बाँकेको कोहलपुर लगिएको प्रहरिले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा रुकुम पूर्वको पुथाउत्तरगंगा–८ चारगाउँका ३६ वर्षीय पूर्णबहादुर बुढा, भूमे–५ डालिबाङका २३ वर्षीय बुद्धिमान बुढा, सिस्ने–६ का २ वर्षीय सिजन खड्का र उनकी आमा ४० वर्षीया लक्ष्मी खड्का छन् । बसका चालक रामेछापका २६ वर्षीय लीलाभक्त श्रेष्ठको पनि निधन भएको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि ?