नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाई सकियो, शुक्रबार आदेश आउने
काठमाडौं – नेपाली कांग्रेसको घोषणापत्र तयारी समितिले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्रबारे सार्वजनिक रुपमा प्रविधि मार्फत सुझाव संकलन गर्ने भएको छ ।
समितिले प्रत्यक्ष संवादका रुपमा सुझाव संकलन सुरु गरेको घोषणापत्र तयारी समितिका सचिव डा. प्रदीप पराजुलीले विज्ञप्ति जारी गर्दै उल्लेख गरेका छन्।
समितिले ह्वाट्सएप, भाइबर तथा इमोमार्फत सुझाव दिन सक्ने व्यवस्था गरेको छ। यस्तै, मोबाइल नम्बरमा फोन गरेर आवाजमा सुझाव रेकर्ड गराउन सकिने व्यवस्था पनि गरेको छ। त्यसैगरी क्यूआर कोड स्क्यान गरेर प्राप्त हुने फारामबाट पनि सुझाव दिन सकिने विज्ञप्तिमा उल्लेख छ।
यस्तै, इमेल, ट्वीटर र फेसबुकमार्फत पनि काँग्रेसको घोषणापत्रमा समेटिने बिषयमा सुझाव दिन सकिने विज्ञप्तिमा जनाइएको छ।