Madhyabindu News App
स्वास्थ्य

‘कोरोनाले भन्दा डेंगुले गाह्रो बनायो, तपाईंलाई समस्या परे कल गर्नुस्’ – गगन थापा

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूलाई कोरोना संक्रमण हुँदाको अवस्थामा भन्दा डेंगु संक्रमण हुँदा गाह्रो भएको बताएका छन्।

हालै डेंगु संक्रमण भएर आराम गरिरहेका थापाले डेंगु संक्रमणको परीक्षण र परामर्शका लागि निशुल्क सेवा सुरु गरेको साजिक सञ्जाल ट्विटर मार्फत जनाएका छन्।

उनले विभिन्न संघ संस्थासँगको समन्वयमा काम गरेको भन्दै भने, ‘कोरोना संक्रमणभन्दा डेंगुको संक्रमण फरक र गाह्रो भयो। काठमाडौं क्षेत्र नं.४ का बासिन्दाको निम्ति नि:शुल्क डेंगु परीक्षण तथा परामर्श सेवा लिएर तपाईंहरूको टोलमा आउँदैछौँ। साथै डेंगुको  बिरामी भई घरमै बस्नु भएकाहरूका लागि आवश्यक चिकित्सकीय परामर्श पनि उपलब्ध गराउने छौँ।’

थापाले स्वास्थ्य परीक्षण तथा परामर्शका लागि ९८६०३४०५८७मा फोन गरेर वा म्यासेज पठाएर नाम ठेगानाबारे बताउन सकिने जनाएका छन्।

काठमाडौं क्षेत्र नं.४ का बासिन्दाको निम्ति नि:शुल्क डेंगी परिक्षण तथा परामर्श सेवा लिएर तपाईंहरुको टोलमा आउँदैछौँ । साथै डेंगीको विरामी भइ घरमै बस्नु भएकाहरुका लागि आवश्यक चिकित्सकीय परामर्श पनि उपलब्ध गराउने छौँ । pic.twitter.com/knePot2Lqz

— Gagan Thapa (@thapagk) September 23, 2022

तपाईंलाई डेंगीको परीक्षण र परामर्श आवश्यक भएमा मोबाइल नम्बर 9860340587 मा आफ्नो नाम, ठेगाना,सम्पर्क नं. SMS गर्नु हुन अनुरोध छ।

— Gagan Thapa (@thapagk) September 23, 2022

छुटाउनु भयो कि ?