राजनीति

‘अराजक समूहहरू बालेन साह, रवि लामिछाने, भीम उपाध्याय बनेर प्रकट भए’ – महेश बस्नेत

Madhyabindu Online


A A- A+

काठमाडौं – नेकपा एमालेका नेता महेश बस्नेतले अराजक समूहहरू काठमाडौँका मेयर बालेन शाह, स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, नेपाल सरकारका पूर्व सचिव भीम उपाध्याय भएर प्रकट भइरहेको टिप्पणी गरेका छन्।

राष्ट्रिय युवा संघको प्रचार भेलालाई सम्बोधन गर्दै उनले भने, ‘अराजक समूह अहिले भौतिक रुपमा वा साइवरमार्फत माओवादी, वाईसीएल, कांग्रेस, नेविसंघ, भीम उपध्याय भएर, खगेन्द्र संग्रौला, बालेन साह भएर र रवि लामिछानेहरू भएर प्रकट हुन्छन्‌।’

सामाजिक सञ्जालको प्रयोगमार्फत एमालेमाथि आक्रमण भइरहेको भन्दै बस्नेतले आफूलाई नक्कली एकाउन्ट खोलेर गाली गर्ने गरेको गुनासो पनि गरे। नेता बस्नेतले ८ हजार एकसय जनाले उनलाई समाजिक सञ्जालमा गाली गर्ने गरेको बताए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सोही कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीविरुद्ध भ्रम फैलाउनेहरूमाथि अरिंगाल भएर खनिन निर्देशन दिएका थिए ।

छुटाउनु भयो कि ?