Madhyabindu News App
आर्थिक

कोइला नपाउँदा हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द

Madhyabindu Online


A A- A+

काठमाडौं – विगत केही वर्षदेखि निरन्तर घाटा व्यहोर्दै आएको सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले उत्पादन बन्द गरेको छ।

उद्योग सञ्चालनका लागि पर्याप्त कोइलाको आपूर्ति नहुँदा केही दिनदेखि उद्योग बन्द गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको उद्योगका नायब महाप्रबन्धक एवं प्रवक्ता नवीनकुमार कर्णले जानकारी दिए।

बोलपत्र आह्वान गरी कोइला आपूर्तिकर्तालाई ६ हजार मेट्रिकटन कोइला उपलब्ध गराउन आग्रह गरिएको भए पनि हाल १ हजार १ सय ५० टनमात्रै कोइला आपूर्ति भएको उनले बताए।

उद्योगका कर्मचारीहरूका अनुसार एक महिनादेखि उत्पादन बन्द रहेको छ। हाल उद्योगको भण्डारण कक्षमा १ हजार १ सय ५० मेट्रिकटन मात्रै कोइला उपलब्ध छ। महाप्रबन्धक वसन्तकुमार पाण्डेका अनुसार उद्योगले निरन्तर घाटा व्यहोर्दै आएको छ।

छुटाउनु भयो कि ?