Madhyabindu News App
स्वास्थ्य

डेंगु संक्रमण बाट २२ हजार बढी संक्रित, २९ को मृत्यु

Madhyabindu Online


A A- A+

काठमाडौं – असारको पहिलो सातादेखि सुरु भएको डेंगुसंक्रमण उच्च बिन्दुमा पुगेको छ । देशभर डेंगु संक्रमितको संख्या २२ हजार नौ सय ५२ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

भयावह रूप लिइरहेको डेंगु नियन्त्रणमा आउन अझै दुई महिना लाग्ने प्रक्षेपण छ । कात्तिक अन्तिम सातादेखि डेंगु नियन्त्रणमा आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्ययनले देखाएको हो ।

हाल डेंगु सबैभन्दा बढी उपत्यकामा देखिएको छ । यहाँ अझै संक्रमण बढ्न सक्ने अनुमान गरिएको छ । अहिले काठमाडौं उपत्यकाका सबैजसो अस्पताल डेंगुका बिरामीले भरिभराउ छन् ।

हाल संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौंमा छन् । काठमाडौंमा सात हजार तीन सय ८० जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ भने ललितपुरमा पाँच हजार पाँच सय ८५ पुगेको छ ।

त्यस्तै, मकवानुपरमा दुई हजार एक सय ३५, दाङमा एक हजार दुई सय ७५, रुपन्देहीमा सात सय आठ, भक्तपुरमा एक हजार ५० जनामा डेंगु संक्रमण भएको छ । यी जिल्ला सबैभन्दा धेरै डेंगु फैलने जिल्लामा पर्छन् । महाशाखाका अनुसार मुस्ताङ र हुम्लाबाहेक देशका ७५ जिल्लामा डेंगु संक्रमण भइसकेको छ ।

छुटाउनु भयो कि ?