नयाँ समाचार

बालेनको डोजरसँग जोडिएको मानविय सवाल

Madhyabindu Online


A A- A+

काठमाडौं – काठमाडौं महानगरपालिकाले पछील्लो समय चलाएको फुटपाथ हटाउने अभियान अहिले चासो र चर्चाको शिखरमा छ । महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ यो अभियानको नेतृत्व गरिरहेका छन् भने उनलाई नगर प्रहरिले पुरापुर साथ दिएको देखिन्छ ।

फुटपाथमा मकैपोल्नेको ठेला हटाउने कार्यबाट सुरु भएको यो अभियान अहिले सम्म आइपुग्दा निजी आवास, ठुला महल, बैंक, कारखाना, विद्यालय जस्ता स्थायी संरचना हटाउने ठाउँ सम्म पुगेको देखिन्छ ।

त्यति मात्र नभई पछिल्लो समय १३० बर्ष पहिलेदेखी सुरुङ्गमा बगेको टुकुचाखोला खोतल्ने कार्य तथा हठात रुपमा भत्काइएको अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुलको बिषय यतिदेला चर्चाको शिखरमा छ ।

भित्र विद्यार्थिहरु परिक्षा दिइरहेको समयमा बाहिर अकस्मात रुपमा डोजर चल्नुले वाल मनोविज्ञानमा कस्तो असर पर्ला ? विद्यर्थि शिक्षक र अभिभावक समेतले पटक-पटक परिक्षापछी भत्काउन अनुरोध गर्दासमेत वाल मनोविज्ञानमा अलिकतीपनी मानविय समवेदना देखाउन नसक्नुलाई स्थानिय तथा संस्था सञ्चालकले अर्थपुर्ण रुपमा लिएको बताएका छन् ।

महानगरको यो महान अभियानलाई पुर्ण सहयोग गर्ने पक्षमा आफुहरु रहेको बताउँदै पिडितहरुले आफ्नो कुरा कसैले सुन्न नमानेपछी अदालत जानुको विकल्प नरहेको बताएका छन् । अहिले धमाधम स्थायी संरचना नगर प्रहरीको बलमा भत्काइरहँदा भोली अदालतले नभत्काउन आदेश दियो भने भत्काएको संरचनाको हिसाबकिताब महानगरले कसरी चुक्ता गर्छ उनिहरुको प्रश्न छ ।

उता जयनेपाल हलबाट उत्खनन् सुरुगरिएको टुकुचाको वैधताको सवाल झन् चर्को रुपमा उठेकव छ । एक त यो राणाहरुकै पालादेखी भुमिगत गरिएको बुझिन्छ भने अर्को यसमाथी बनेका स्थायी संरचनाका हकदारहरुले केहि न केही निस्सा प्रमाणका आधारमा यो बनाएको हो भन्ने प्रष्ट देखिन्छ ।

त्यतिमात्र होइन स्वयम नेपाल सरकारले नारायणहिटी दरबारको पुर्वी गेटमा गणतन्त्र स्मारक निर्माण गरेको छ । सो स्मारकको मुनिबाट टुकुचा बगिरहेको छ । अब बालेनको डोजर दरबार परिसरमा छिरेर पर्खाल भत्काउँदै स्मारक जोत्न जाँदै गर्दा त्यसको वैधानिकता के हुने यो प्रश्न अहिलेको अवस्थामा अनुत्तरित छ ।

राज्यको निति विपरित बनाइएको हो भने अनिवार्य रुपमा भत्काउनै पर्छ लयसमा कुनै दुविधा छैन । तर ति पक्की संरचनामा रहेका बैंक कार्यालय कल कारखाना के के छन् तिनको स्थान्तरण गर्न पाउनुपर्ने समय उपलब्ध नहुनुचाहिँ सान्दर्भिक देखिँदैन ।

छुटाउनु भयो कि ?