Madhyabindu News App
खेलकुद

अञ्‍जनको ह्याट्रिकमा बंगलादेशमाथि नेपालको सजिलो जित

Madhyabindu Online


A A- A+

काठमाडौं – दशरथ रंगशालामा भएको बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले ३-१ को जित हात पारेको छ। नेपालका लागि फरवार्ड अन्जन विष्टले पहिलो हाफमै ह्याट्रिक पूरा गरेपछि नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशलाई हराएको हो।

राष्ट्रिय टिमका लागि नेपाली खेलाडीले गरेको यो तेस्रो ह्याट्रिक हो। यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास, नवयुग श्रेष्ठले एक-एक पटक ह्याट्रिक गरेका थिए। उनले १८, २६ र ३७ औमिनेटमा गोल गरे।

विमल घर्ती मगरले दायाँ कर्नरबाट प्रहार गरेको फ्रिकिकमा अन्जनले हेडर गोल गरेका थिए। राष्ट्रिय टिमका लागि अन्जनको यो आठौँ गोल हो।

अन्जनले नै २६औँ मिनेटमा दोस्रो गोल गरे। विमलले बक्सभित्र दिएको पासलाई नियन्त्रणमा लिँदै तेज तमाङले प्रहार गरे, जसलाई बंगलादेशी गोलरक्षक अनिसुर रह्मानले पन्च गरे। रिबाउण्डमा आएको बललाई अन्जनले जाली चुमाए।

तेस्रो गोल पनि फ्रिकिकका कारण सम्भव भयो। टुटुल होसेन बादशाहाले विमललाई फाउल गरेपछि नेपालले फ्रिकिक पाएको थियो। विशालले प्रहार गरेको फ्रिकिकमा अन्जनले हेडर गोल गरे।

बंगलादेश भने दोस्रो हाफमा नेपालविरुद्ध एक सान्त्वना गोलमात्रै गर्न सफल भएको थियो।

छुटाउनु भयो कि ?