Madhyabindu News App
स्वास्थ्य

डेंगुबाट एकैदिन दुईको मृत्यु, २८ हजार १०९ संक्रमित

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपालमा पछिल्लो समय डेंगुबाट संक्रमित हुनेहरुको संख्या दिनानुदिन बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगु संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ भने २८ हजार १०९ जनामा डेंगु संक्रमण भएको छ।

हाल देशभर ७७ वटै जिल्लामा संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयले डेंगुबाट बच्न फोहर जम्मा भएको ठाउँ सफा गर्न र पूरा बाहुला भएको कपडा लगाउन अनुरोध गरेको छ।

विज्ञहरूले डेंगु जोखिम अझै लामो समयसम्म कायम रहन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन्।

छुटाउनु भयो कि ?