अभियन्ता ई:का प्रतिनिधि र काठमाडौं महानगरबीचको वार्ता निष्कर्षविहीन

धरानका मेयरले कार्यपालिका सदस्यलाई बाहिर जानु भनेपछि बैठक बहिष्कार
काठमाडौं – धरानका मेयर हर्क साम्पाङ राईले आफ्नो योजना असफल बनाउन खोजे तोक आदेशका भरमा नगरपालिका सञ्चालन गर्ने बताएका छन् ।
बहिबारको बैठकको एजेण्डामा कार्यपालिका सदस्यलाई बोल्ने नदिएको र बाहिर जानु भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै कार्यपालिका बैठक बीचैमा बिथोलिएपछी राईले यस्तो बताएका हुन् ।
मेयर साम्पाङको अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरेका छन्। उनीहरुले मेयर साम्पाङले सार्वजनिकरुपमा माफी नमागेसम्म बैठकमा सहभागी नहुने पनि प्रतिक्रिया दिएका छन्।
धरान १७ स्थित सप्तरंगी पार्कलाई बहुसाँस्कृतिक पार्क बनाउने प्रस्तावमा कार्यपालिका सदस्य अनुप देवानले अघिल्लोको जनप्रतिनिधिहरुको पालामा डिपिआर तयार भइसकेको र सोही अनुसार निर्माण गर्नुपर्ने बताएका थिए। साथै, मेयर साम्पाङको अवधारणा अनुसारको सप्तरंगी पार्कलाई अर्को बहुसाँस्कृतिक पार्क बनाइरहनु नपर्ने धारणा राखेका थिए।
देवानले आफ्नो कुरा नसक्दै मेयर साम्पाङले रोक्दै बस्न भनेका थिए। तर देवानले आफुले बोल्न पाउनुपर्ने भन्दै अडान राख्दा मेयर साम्पाङले नबस्ने भए बाहिर जानुस् भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएका थिए। उनको यो अभिव्यक्तिले नगर कार्यपालिका सदस्यहरुलाई अन्याय भएकोले बैठब बहिष्कार गरिएको नगर कार्यपालिकाका प्रवक्ता एवं वडा नं १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले बताए।
यता मेयर साम्पाङले भने सप्तरंगी पार्कलाई बहुसाँस्कृतिक पार्क बनाउने आफ्नो एजेण्डा असफल बनाउन प्रपञ्च भएको बताए। बैठक बहिष्कार भइरहे तोक आदेशको भरमा उपमहानगरपालिका चलाउने पन उनले बताए ।कार्यपालिका सदस्यलाई आफुले बुझाउन खोज्दा नमानेपछि बाहिर जानु भनेको उनले स्वीकार गर्दै भने,‘म आफ्नो अडानमा पक्का छुँ। जो कार्यपालिका सदस्य हुनुहुन्छ, उहाँलाई अब म बुझाउछुँ, तपाई बस्नुस् भन्दा बस्दिन भनेपछि बाहिर जानुस् भनेको हो। म माफी माग्दिन, तोकआदेशको भरमा चल्छ।’