मुख्य खबर​

प्रधानमन्त्री देउवाले लगाएनन् टीका

Madhyabindu Online


A A- A+

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजयादशीमीको प्रसाद स्वरुप लगाइने टीका जमरा लगाएनन्।

भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले आफुले टीका नलगाएको र अरुलाई पनि टीका नलगाइदिएको प्रधानमन्त्री देउवाको निजी सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष नपुगेको कारण टिका जमरा लगाउन नहुने परम्परा रहेकोले देउवाले टिका जमरा नलगाएका हुन्।

भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई पनि टीका नलगाइदिएका हुन्।

छुटाउनु भयो कि ?