Madhyabindu News App
मुख्य खबर​

नेपाल आउँदै सन्दीप, १० बजे प्रहरीसमक्ष आत्मसमर्पण गर्ने

Madhyabindu Online


A A- A+

काठमाडौं – किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने बिहिबार (आज) नेपाल आइपुग्ने भएका छन् ।

लामिछानेले सामाजिक सञ्जालमार्फत आज बिहान १० बजे विमानस्थल आइपु्ग्ने र प्रहरीसमक्ष आत्मसमर्पण गर्ने जनाएका छन् ।

‘नेपालका अधिकारीसमक्ष आत्मसमर्पण गर्ने मेरो इमानदार प्रतिबद्धता बमोजिम म बिहान १० बजे कतार एयरवेजबाटकाठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछु,’ उनले भनेका छन्, ‘मैले यसबारे प्रहरी अधिकारीलाईलिखित जानकारी गराइसकेको छु ।’

 

छुटाउनु भयो कि ?