Madhyabindu News App
समाज

दशैंको टीका लगाउन मामाघर हिँडेकी चौधरीको बाटैमा मृत्यु

Madhyabindu Online


A A- A+

काठमाडौं – रुपन्देहीमा कारले स्कुटरलाई ठक्कर दिंदा २१ वर्षीया झरना चौधरीको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार साँझ रुपन्देहीको धकधइमा दुर्घटनामा परी उनको ज्यान गएको हो ।

लु ४१ प ९८७ नम्बरको स्कूटीमा सवार उनलाई लु १ ज २८५३ नम्बरको कारले ठक्कर दिँदा गम्भीर घाइते उनलाई उपचारका लागि भीम अस्पताल लगिए लगत्तै अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी श्याम अर्यालले बताए ।

तिलोत्तमा– ३ सिर्जनानगर स्थायी घर भएकी चौधरी एमाले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ की वडा सचिव हुन् भने अनेरास्ववियु जिल्ला कमिटी सहसचिव पनि हुन् ।

बुधबार घरमा दशैंको टीका लगाएर नवलपरासीस्थित मामाघर जाँदै गर्दा उनी दुर्घटनामा परेकी थिइन् ।

छुटाउनु भयो कि ?