
पहिरोका कारण नागढुंगा – नौबिसे र मुग्लिन – नारायणगढ सडकखण्ड ठप्प
काठमाडौं – निरन्तरको बर्षापछी आएको पहिरोका कारण नागढुंगा नौबिसे र मुग्लिन नारायणगढ सडकखण्ड ठप्प भएको छ ।
बिहिबार बिहान ८ बजे पछि नागढुंगा नौबिसे सडकखण्ड अन्तरगतको सुरुङमार्गमा पहिरो खस्दा दुईतर्फी नै सडक ठप्प भएको प्रहरीले जनाएको छ ।
यस्तै, मुग्लिन नारायणगढ सडकखण्ड अन्तरगत चितवनको १८ किलोमा पहिरो खसेको छ । यसले यो सडकखण्ड पनि दुईतर्फी नै ठप्प भएको छ ।
अस्तिदेखि परेको वर्षाका कारण यो सडकखण्डमा पहिरो गएको हो । पाल्पाको जोर्तेमा पहिरो खस्दा पाल्पा–गुल्मी सडकखण्ड बन्द भएको छ ।
लगातार पानी परिरहेकाले यात्रामा निकस्नु अघि मौसम र सडकको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीको आग्रह छ ।