मुख्य खबर​

क्रिकेटर सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाटै पक्राउ

Madhyabindu Online


A A- A+

काठमाडौं – एक युवतीलाई बलात्कार गरेको अभियोग लागेका नेपाली क्रिकेटका पूर्व कप्तान सन्दिप लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

लामिछाने ९ बजेर ४६ मिनेटमा काठमाडौं अवतरण गर्नुपर्ने उक्त विमान झण्डै १ घण्टा ढिलो अवतरण भएको थियो । उनलाई त्रिभुवन विमानस्थलबाटै पक्राउ गर्न नेपाल प्रहरीले तयारी अवस्थामा थियो ।

मौसमको खराबीका कारण अवतरण गर्न नसकेर काठमाडौंका आकाशमा फन्को लगाएको थियो । कतार एअरवेजको ६४८ नम्बरको उडानमार्फत उनी काठमाडौं आएका थिए । तर, काठमाडौंमा भिजिविलिको कमीले काठमाडौंको आकाशमा विमान घुमिरहेको थियो ।

लामिछानेले सामाजिक सञ्जालमार्फत नै प्रहरीसमक्ष आत्मसमर्पण गर्ने पूर्व जानकारी दिइसकेका थिए । प्रहरीले उनलाई विमानस्थलबाट सिधै चौकीमा लगिएको छ । सुरुमा जाहेरी परेको गौशाला वृतमा लगिएको र त्यसपछि थप अनुसन्धानको थालिने प्रहरीको भनाइ छ ।

छुटाउनु भयो कि ?