अन्तर्राष्ट्रिय

उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायम सिंह यादवको निधन

Madhyabindu Online


A A- A+

काठमाडौं – उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायमसिंह यादवको निधन भएको छ।

समाजवादी पार्टीका संस्थापक अध्यक्ष रहेका पूर्व मुख्यमन्त्री यादवको असोज २४ गते बिहान निधन भएको उनका छोरा अखिलेश यादवले सामाजिक सञ्जालमार्फतमा उल्लेख गरेका छन्।

समाजवादी पार्टीको ‘भेरिफाइड’ ट्विटर हेन्डलमा लेखिएको छ, “मेरो आदरणनीय पिताजी तथा सबैको नेता अब रहनु भएन।”

बिबिसी हिन्दीका अनुसार यादवलाई २ अक्टोबरमा मेदान्त अस्पतालमा भर्ना गरिएको थियो। उनको स्वास्थ्य अत्यन्त नाजुक भएपछि जीवन रक्षक औषधि दिएर आईसियुमा राखिएको अस्पतालमा जनाएको थियो।

छुटाउनु भयो कि ?