Madhyabindu News App
खेलकुद

एथ्लेटिक्स १० हजार मिटर दौडको स्वर्ण सन्तोषीलाई

Madhyabindu Online


A A- A+

काठमाडौं – गण्डकी प्रदेशको पोखरामा शुक्रबारदेखि सुरु भएको नवौं राष्ट्रिय खेलकुदको एथ्लेटिक्स स्पर्धाअन्तर्गत महिला १० हजार मिटरमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन्।

पोखरा रंगशालामा शनिबार बिहान भएको दौडमा पुलिसकी राजपुरा पछाईलाई पछि पार्दै उनले स्वर्ण पदक जितेकी हुन्। सन्तोषीले निर्धारित दूरी ३६ मिनेट १२.२९ सकेन्डमा पूरा गरेकी थिइन् ।

नेपाल पुलिस क्लबकी राजपुराले निर्धारित दुरी ३६ मिनेट २९ सेकेन्डमा पूरा गर्दै रजत तथा एपीएफ क्लबकी पुष्पा भण्डारीले कास्य पदक जितेका छन्। ३६ मिनेट ४.२ सेकेन्ड मा निर्धारित दूरी पूरा गर्दै एपीएफकी पुष्पाले भने कास्य पदक जितिन्।

छुटाउनु भयो कि ?