Madhyabindu News App
स्वास्थ्य

नेपालभर फैलियो डेंगी संक्रमण, ४७ को मृत्यु

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपालमा डेंगी रोगको संक्रमण ७७ वटै जिल्लामा फैलिएको छ । डेंगीबाट हालसम्म ४७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म ३८ हजार नौ सय १८ जनामा डेंगी पुष्टि भएको छ । डेंगी संक्रमण रोक्न प्रतिकार्यका कार्य तीव्र पारिएको पनी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार ७६३ नमुना परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । आज १६ जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या छ सय ६७ छ ।

छुटाउनु भयो कि ?