अन्तर्राष्ट्रिय

निर्वाचित भएको ४५ दिनमा लिज ट्रसले दिईन पदबाट राजीनामा

Madhyabindu Online


A A- A+

काठमाडौं – बेलायतको प्रधानमन्त्रीमा निर्वाचित भएको ४५ दिनमा लिज ट्रसले पदबाट राजीनामा दिएकी छन्। कन्जरभेटिभ पार्टीबाट प्रधानमन्त्रीको कुर्सीमा पुगेकी ट्रसले बिहीबार राजीनामा दिएकी हुन्।

ट्रस बेलायती इतिहासकै तेस्रो महिला प्रधानमन्त्री  सबैभन्दा कम समय प्रधानमन्त्रीको कुर्सीमा रहेको कीर्तिमान ट्रसले नै बनाइन्। उनले  ४४ दिनसम्म प्रधानमन्त्रीको कुर्सीमा रहेर जिम्मेवारी सम्हालीन भने ४५ औँ दिनमा राजीनामा दिन पुगिन्।

राजीनामा दिए पनि अर्को प्रधानमन्त्री नचुनिएसम्म ट्रसले नै बेलायती सरकारको नेतृत्व गर्नेछिन्। उनका अनुसार नयाँ प्रधानमन्त्री चुन्न केही साताभित्रै मतदान हुनेछ। सामान्यतया कन्जरभेटिभ पार्टीको दलको नेता चुन्न करिब दुई महिना लाग्छ। तर यसपालि चाँडो मतदान हुने बताइएको छ।

बिहीबार बिहान मात्रै कन्जरभेटिभ पार्टीका १६ सांसदले सार्वजनिक रूपमै ट्रसको राजीनामा मागेका थिए। दलको नेता चुन्ने प्रक्रियाको नेतृत्व गर्ने ग्राहम ब्राडी करिब एक सय सांसदले ट्रसलाई प्रधानमन्त्री पदबाट हटाउन पत्र लेखेको बेलायती सञ्चारमाध्यमले लेखेका छन्।

छुटाउनु भयो कि ?