स्वास्थ्य

नेपालमा भेटिए कोरोनाको सबभेरियन्ट एक्सबीबी संक्रमति

Madhyabindu Online


A A- A+

काठमाडौं –  नेपालमा नयाँ प्रजातिको कोरोना भाइरसका संक्रमति फेला परेका छन्।

सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिनोमिक पहिचान गर्दा ओमिक्रोनको सबभेरियन्ट एक्सबीबी पहिलो पटक पहिचान भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार देशका विभिन्‍न भागहरूबाट साउन २१ देखि असोज १४ सम्म कोभिड-१९ संक्रमितबाट संकलित नमूना छनोट गरी जिनोमिक पहिचान एक्सबीबी फेला परेको हो।

हाल उक्त भेरियन्ट विभिन्न देशहरूमा फैलिरहेको र कोभिड- १९ को संक्रमण बढेको जनस्वास्थ्यका मापदण्ड पालन गर्न मन्त्रालयले आग्रह गरेको छ।

छुटाउनु भयो कि ?