अन्तर्राष्ट्रिय

ह्वाइट हाउसमा दीपावलीको रौनक

Madhyabindu Online


A A- A+

काठमाडौं – अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउसमा सोमबार दिपावली कार्यक्रमको आयोजना गरिएको छ।

जसमा बाइडेन प्रशासनका कैयौं भारतीय–अमेरिकी अधिकारीहरु सहभागी भएका थिए।

दिपावलीको अवसरमा ह्वाइट हाउसमा राष्ट्रपति जो बाइडेनले दिपावली मनाउँदै गर्दा थप सम्मानित भएको महशुस गरेको बताएका छन्। सोमबार समाजिक सञ्जाल ट्वीटर मार्फत बाइडेनले खुशी व्यक्त गरेका हुन् ।

सोमबार ह्वाइट हाउसमा आयोजना गरिएको दिपावलीको कार्यक्रम हालसम्मकै ठूलो रहेको बताइएको छ। बाइडेनले लेखेका छन्, ‘अहिलेसम्मको इतिहासमा हाम्रो प्रशसानमा एशियाई अमेरिकी धेरै छन्। र हामी दिपावलीलाई अमेरिकी कल्चरमा खुशीयालीको हिस्सा बनाउनका लागि तपाईंहरुलाई धन्यवाद प्रकट गर्दछौं।’

 

 

छुटाउनु भयो कि ?