Madhyabindu News App
समाज

अन्तत: जेरी र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपाली लोकदोहोरी कलाकार बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद भएको छ । बिहीबार काठमाडौं जिल्ला अदालत पुगेर उनीहरूले सम्बन्ध टुंग्याएका हुन् ।

बबिता र शंकर तीन वर्षअघि वैवाहिक बन्धनमा बाँधिएका थिए । लामो समयको प्रेमलाई विवाहमा परिणत गरेका उनीहरूको सम्बन्ध लामो समय टिक्न भने सकेन ।

सम्बन्ध विच्छेदपछी फेसबुकमा स्टाटस लेख्दै जेरीले आफूहरू बिहीबारदेखि अलग भएको बताएकी छन् । उनले लेखेकी छन्, ‘दोष भाग्यलाई दिउँ कि परिस्थितिलाई रु मुटु जोगाउनकै लागि मुटुमा बसेको मान्छे हटाउनुपर्‍यो समयले । तिमीले दिएका हर आँसुको थोपालाई मोती बनाउने कोसिस गर्नेछु । आजबाट अलग भयौँ ।’

शंकरले भने, ‘सम्बन्ध टुंग्याउन मन त थिएन, तर वैचारिक मतभिन्नता भए पनि सँगै पनि बस्न सकिएन । सहमतिमै सम्बन्ध टुंगायौं ।’ जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो ।

छुटाउनु भयो कि ?