
समय मुल्यवान हुन्छ, समयभन्दा अधिक मुल्यवान सत्य हुन्छ
– मञ्जु भण्डारी
एउटा यस्तो अस्र जसले समाजकाे स्थितिलाई सुनिश्चित गर्न सक्छ र बिगार्न पनि । त्याे हाे “राजनिति” । राजनितीले याेजना दिन्छ, याेजनाले विकास दिन्छ, विकासले समृद्धि दिन्छ । र समृद्धिले तपाईं हाम्रो ओठमा मुस्कान मनमा शान्ति र चयन दिमागमा सृजनशिल बिचार दिन्छ। त्याे विचारले हामीले हाम्रो जिवनलाई सहि मार्ग दिन्छाैं । त्यसपछि हामी सुसूचित हुन्छौं । एउटा सुसुचित भएकाे देश निसंकाेच बन्छ ।
देश भनेकाे कुनै भुगाेलकाे घेरा मात्र हाेइन । बरु त्याे भुगल भित्रकाे जनताकाे मनाेभावना/ जनभावना हाे । २५० वर्ष लगभग इतिहास भएकाे अमेरिका आज कहाँ पुगिसक्याे । ६० वर्ष पहिला भाेकमरी लागेर थलिएकाे दक्षिणकाेरिया, जतिबेला नेपालले पनि चामल अनुदान दिएकाे थियाे भन्ने सुन्छाैं त्याे आज कहाँ छ । दाेश्राे विश्वयुद्ध पछि चकनाचुर भएकाे जापान कहाँ पुगिसक्याे । सिङ्गै सिङ्गापुरमा कुनै ठाउँ ओझेलमा छकि भनेर खाेज्न सकिदैन । एकमात्र गाउँलाई नमुनाकाे रुपमा राखिएको छ ।
अनि लगभग १७००/ १८०० भन्दा पहिले स्थापित इतिहास भएकाे हाम्रो देश नेपाल प्राकृतिक, साँकृतिक सम्पदाले नदिनालाले, कलाकाैशलले, धर्म संस्कृतिले, भेषभुषाले सबै कुराले धनी देश…. आज हामी कहाँ छाै ? ई.सं. ४००-७५० काे नगिज लिच्छविकालिन समय, त्यतिबेला अमेरिका भन्ने देश नै पत्ता लागेकाे थिएन । जतिबेला नेपाल स्वर्णयुगमा बाँचिरहेकाे थियाे । हरेक कलाकाैशलले भरिएका मठमन्दिर बन्थे ।
जतिबेला पैसा भन्ने चिजकाे अवधारणा संसारमा विकसित भएकाे थिएन, त्यतिबेला हामी पैसा चलाउथ्याैं जुनकि मानांक, गुणांक । तर आज हाम्रो अवस्था ? चाहे हाम्रो ठुलाे घर बंगला, गाडी किन नहाेस, हामी जब हाम्रो त्रिभुवन विमानस्थल बाट हरियाे के राताे पासपोर्ट नै लिएर अन्य देशमा जान्छौं त्यतिबेला अर्को देशकाे नागरिक र हामीमा गर्ने विभेद कस्तो हुन्छ ? व्यवहार कस्तो हुन्छ ? अनि हाम्रो स्तर के हाे त्यतिबेला हाम्रो देशकाे स्तर जताउँछ हामी कहाँ छाैं भनेर । अब त साैचाैं । अब त बुझाैं । हामी आ- आफ्नाे ठाउँबाट जुटाैं ।
हे नेपालीहरु ;;;;;;;
याे देशमा सानाठुला समय समयमा विभिन्न आन्दोलनहरु भएका छन् । स्वास्थ, शिक्षा, राेजगारी, समानता, मानवअधिकारका न्युनतम हक जस्ता पूरा गर्नकाे लागि याे देशमा समय समयमा विभिन्न आन्दोलनहरु भए । ती आन्दोलनकाे गर्भबाट तिनै राजनितिक दलहरुकाे उदय भयाे । उनै दलका शिर्ष नेता भनाैदाहरु याे देशमा राज गरिरहनु भएकाे छ । कहिले तँ, कहिले म भन्दै । राजनितीमा राज गर्ने भनेकाे त सधै उहीँ व्यक्ति, उहीँ अल्छी र पट्यार लाग्दाे काम, दम्भ, घमण्ड, स्वार्थ, लाेभिपापी मन, उहीँ अनुहार ? अवत उहाँहरुले विश्राम लिने हाेइन र ? समय परिस्थिति अनुसार परिवर्तन हुनुपर्ने हाेइन र ? अनि उहीँ अनुहारलाई साथ दिन सम्पूर्ण मूर्ख जनता पछि लागिरहनु भएकाे छ । अवत नयाँ जाेस जाँगर बाेकेर हामीले यसकाे निर्णय लिन सकिँदैन र ? घटना परिघटना सबै हामीले भाेगिसकेका छाैं ।
अब हामी सम्पूर्ण युवाले याे देशकाे लागि केही गर्ने बेला आएकाे छ । आफ्नाे परिवारकाे राेजिराेटीकाे लागि, घरकाे छाना टाल्न विदेशिएका हे युवा हाे अब हाम्रो देशकाे वेथितिकाे भ्वाङ टाल्न देश फर्किनु पर्छ । हामीले हाम्रो देशमै १८ घण्टा हाेइन १२ घण्टा पनि हाेइन मात्रै ८ घण्टा बडाे मेहनतका साथ खट्याैं भने सुन फलाउन सक्छाैं । मन, वचन र कर्मले लागाैं । हामी हाम्रो देशमा कस्तो नेता उत्पादन गर्ने हाे त्याे पनि हाम्रै कुरा हाे । भ्रष्टाचारी कि इमान्दारी, स्वार्थमा लिप्त वा स्वाभिमानी, झुट्टा कि निष्टावान, गफाडी वा कामकाजी, अहंकारी कि राष्ट्रप्रेमी ? याे हाम्रो नै कुरा हाे । लाेकतन्त्र ल्याएओैं, गणतन्त्र ल्याएओैं, याे गर्याैं त्याे गर्याैं भनेर नेताले भाषण गर्नुहुन्छ तर त्याे सब जनताकाे रगत र पसिनाले सम्भव भएकाे हाे । असम्भव भन्ने कुरा केही छैन, हामीले चाहाना ईच्छा र मेहनत गर्नुपर्छ । खाली चम्किलाे अनुहार र दुइचार पैसामा हाम्रो ईमान नबेचाैं राम्रो मन र बलियाे आँट भएकालाई हामीले राेज्नै पर्छ।
नत्र उहीँ दिन, उहीँ कार्य, उहीँ चाल हाे ।कसैले हामीलाई फकाउने, तर्साउने,धम्काउने गर्न सक्दैन र मिल्दैन । जतिपनि बेथिति छन् त्याे हामीले फाल्नै पर्छ। हामी कुसंस्कारबाट टाढै हुनुपर्छ । हामी हाम्रो भाेट हाल्ने अधिकारलाई सहि ढंगले सदुपयाेग गरौं ।
लेखक भण्डारी नेपाली कांग्रेस सिन्धुपाल्चोककि महिला नेतृ हुन् ।