Madhyabindu News App
राजनीति

एकै सभामा विश्वप्रकाश शर्मा र कृष्णप्रसाद सिटौलाको सम्बोधन

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले शुक्रवार गठबन्धनको चुनावी सभालाई संयुक्त सम्बोधन गरेका छन्।

चन्द्रगढीमा लोकतान्त्रिक वाम गठबन्धन निर्वाचन परिचालन समिति भद्रपुर वडा नम्बर ७, ८, ९ र १० द्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा प्रतिनिधि सभातर्फ १ नम्बर क्षेत्रका उम्मेदवार शर्मा र ३ नम्बर क्षेत्रका उम्मेदवार सिटौलाले सम्बोधन गरेका हुन्।

नेता सिटौलाले मुलुकको आमूल परिवर्तन नेपाली कांग्रेसको नेतृत्वमा मात्र सफल भएको भन्दै ३ नम्बर क्षेत्रबाट जनताका लागि पनि आफूले जित्नैपर्ने बताए।

कांग्रेस महामन्त्री शर्माले देशमा सुशासन कायम गर्दै  भ्रष्टाचार नियन्त्रण गर्न गठबन्धनको जीत आवश्यक रहेको बताए। उनले झापाको १ नम्बर क्षेत्रको शिक्षा, स्वास्थ्य लगायतका विकास निर्माणका लागि आफ्नो जीत सुनिश्चित भएको बताए।

कार्यक्रममा प्रतिनिधिसभा समानुपातिक तर्फका उम्मेदवार सरिता प्रसाईं, प्रदेशसभा तर्फका उम्मेदवारहरू श्यामवीर लिम्बू, गोपाल तामाङ, भूमिप्रसाद राजवंशी लगायतले संविधानको संरक्षण र विकासका लागि गठबन्धनलाई जिताउनुपर्नेमा जोड दिए।

छुटाउनु भयो कि ?