Madhyabindu News App
राजनीति

माधव नेपाललाई केपी ओलीले भने – एमाले फर्कनुस्, महत्वपूर्ण जिम्मेवारी दिन्छौं

Madhyabindu Online


A A- A+

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटाएर समाजवादी पार्टी गठन गरेका माधवकुमार नेपाललाई एमालेमै फर्कन सार्वजनिक रुपमा आग्रह गरेका छन् ।

सुर्खेतमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एकीकृत समाजवादी अध्यक्ष नेपाललाई एमालेमै फर्कन आग्रह गरेका हुन् ।

एमाले विभाजनपछि ओलीले नेपाललाई एमालेमै फर्कन पहिलोपटक आग्रह गरेका हुन् । तत्कालीन नेकपाभित्रको विवाद र एमाले विभाजनपछि नेपालप्रति कटाक्ष गर्दै आएका ओलीले चुनावको मुखमा नेता नेपाललाई एमालेमा फर्कन आग्रह गरेका हुन् ।

विगतमा भएका गल्ती सच्याएर एमालेमा आएमा अध्यक्ष नेपाललाई विगतका तिता कुरा बिर्सिएर महत्वतपूर्ण जिम्मेवारी दिन एमाले तयार रहेको ओलीको भनाइ थियो ।

 

छुटाउनु भयो कि ?