अन्तर्राष्ट्रिय

तामाङ समाज दुबईको क्षेत्रीय कार्यसमिति अध्यक्षमा प्रताप सिंह

Madhyabindu Online


A A- A+

काठमाडौं – तामाङ समाज युएई दुबईको क्षेत्रीय कार्यसमिति अध्यक्षमा प्रताप सिंह तामाङ निर्वाचित भएका छन् । आइतबार युएइको दुबइमा सम्पन्न भएको क्षेत्रिय अधिबेशनले उनको ११ सदस्यिय कार्य समिति चयन गरेको हो ।

नव निर्वाचित कार्यसमितिको उपाध्यमा मनिस लोप्चान र निमा वाइबा तामाङ सचिवमा बेत्ता घिसिङ कोषाअध्यक्षमा राबिना तामाङ निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा क्रमशस् आमर ब्लोन, तेन्जिन लामा, धन वीर तामाङ, नोर्बु स्याङ्बो लामा, ग्यम्सो लामा, फुर्बा लामा र सल्लाहकारमा सुरज लामा कृष्ण लामा चयन भएको नव निर्वाचित अध्यक्ष प्रताप सिंह तामाङले जानकारी दिए ।

तामाङ समाज युएईका संरक्षक सुरेन्द्र थिङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त अधिबेशनमा तमाङ समाज युएईका निवर्तमान उपाध्यक्षहरु जितेन्द्र तामाङ, अप्रिल तामाङ लगायतका अतिथीहरुको उपस्थती रहेको उनले बताए ।

छुटाउनु भयो कि ?