Madhyabindu News App
राजनीति

‘गठबन्धनले जित्ने हो भने ६ महिनासम्म सरकार बन्दैन’ – ओली

Madhyabindu Online


A A- A+

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन मुलुकका लागि हितकारी नभएको बताएका छन्।

नेकपा एमाले चितवनले आयोजना गरेको चुनावी सभालाई सम्बाधेन गर्दै अध्यक्ष ओलीले गठबन्धनले जित्ने हो भने ६ महिनासम्म सरकार नबन्ने र बनेपनी नटिक्ने बताए।

उनले पाँच दलीय गठबन्धन देशका लागि अभिसाप भएको बताए।‘यस्तो टालाटुली जोडेर बनाएको कठपुतली सरकारबाट केही हुँदैन। अस्थिरता हुन्छ। स्वार्थको टकराव भइरहन्छ। फेरि सरकार बदल्ने खेल भइरहन्छ,’ उनले भने, ‘गठबन्धनले जित्ने हो भने ६ महिना सरकार बन्दै बन्दैन। बन्यो भने टिक्दै टिक्दैन।’

आफ्नो भाषणको अधिकांश समय गठबन्धनको विरोधमा खर्चिएका उनले एमाले सरकारमा नभए विकास नहुने दाबी गरे। ‘छुचुन्द्रोले आफूभन्दा ६ गुणा बढी तौल खाना खानैपर्छ। हरदम ऊ भोकै हुन्छ भोकै भएकाले थरथर काप्छ। यो गठबन्धन सरकार भनेको पनि यही हो। खानकै लागि बनेको हो,’ उनले भने।

छुटाउनु भयो कि ?