आर्थिक

ग्लोबल आईएमई र बीओकेको मर्जर प्रक्रिया अन्तिम चरणमा

Madhyabindu Online


A A- A+

काठमाडौँ – ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) एक आपसमा गाभिने भएका छन् ।

सोमबार भएको अन्तिम सम्झौतामा ग्लोबल आईएमईका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बीओकेका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेपछी एकिकरण प्रक्रिया अघी बढेको हो ।

मर्जर पश्चात् बैंकको कुल पुँजी ५७ अर्ब, चुक्ता पुँजी ३५ अर्ब ७७ करोड, कुल निक्षेप ४ खर्ब, कुल कर्जा ३ खर्ब ७९ अर्ब भन्दा धेरै पुग्नेछ । मर्जरपछि बन्ने यो बैंक कुल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो हुनेछ ।

नयाँ बैंकको नाम ग्लोबल आईएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आईएमईको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना तथा बीओकेको तर्फबाट २ जना रहनेछन् ।

त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन् । मर्जर पश्चात् कुल ३९६ शाखा कार्यालय, ३६८ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन हुनेछन् ।

छुटाउनु भयो कि ?