Madhyabindu News App
राजनीति

‘प्रदेश संरचना खारेज गरौँ,सांसदहरूले मन्त्री हुन नपाउने व्यवस्था गरौं – लिङ्देन

Madhyabindu Online


A A- A+

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रदेश संरचना खारेज गर्नुपर्ने बताएका छन्।

सोमबार हेटौँडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले प्रदेश खारेज गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था भएपछि मात्रै देशको समानुपातिक विकास हुने बताएका हुन्।

संसद् पूर्ण समानुपातिक हुनुपर्ने र सांसदहरूले मन्त्री हुन नपाउने व्यवस्था राख्ने आफ्नो पार्टीको मुद्दा रहेको भन्दै उनले भने, ‘अहिले खर्च गरेर चुनाव जित्ने र सांसद किनेर प्रधानमन्त्री हुने,सांसदले मन्त्री हुनको लागि पार्टीलाई पैसा बुझाएर मन्त्री हुने र भ्रष्टाचार गर्ने,आफैँ ऐन बनाउने आफैँ अख्तियारमा नियुक्त गर्ने अनि भ्रष्टचारीलाई कसले कारबाही गर्ने?’

देशमा संघ र स्थानीय तह भएको दुईवटा सरकार आवश्यक रहेको उनको भनाइ छ। त्यस्तै उनले भ्रष्टाचारको अन्त्यका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने पनि बताए।

छुटाउनु भयो कि ?